२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अरिंगालले चिलेर आमाछोरीको ज्यान गयो



सल्यान ।

सल्यानमा अरिंगालले चिलेर आमाछोरीको ज्यान गएको छ । अर्का एक जना बिरामी भएका छन् ।

सल्यानको सिद्ध कुमाख – १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिङगालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो बेलुका खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा तीन जनालाई अरिंगालले चिलेको थियो ।श्रीनगरमा रहेको परोपकार अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आमा शोभाको भने बिहान ज्यान गएको हो । अरिंगालले चिलेर बिरामी परेका नवीन बस्नेतको श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९ मंगलबार ००:००  १२ : १४ बजे