२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एकीकृत समाजवादीलाई जिताउन २ हजार ५०१ जनाको जम्बो समिति



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले २,५०१ जनाको जम्बो केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो।

महासचिव वेदुराम भुसाल संयोजकत्वको २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालयसहित अध्यक्ष नेपाल नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ।

निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टी प्रदेश कमिटी पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी रहनेछन्। सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णय गर्नेछ।

निर्वाचन परिचालन केन्द्रीय सचिवालयमा गंगालाल तुलाधर, डा। विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल, घनप्रसाद गौतम, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, डा. विशाल भण्डारी सुदेश पराजुली र नितेश पौडेल रहेका छन्।

प्रकाशित मिति : २ कार्तिक २०७९ बुधबार ००:००  ६ : ५६ बजे