१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

पोखरीमा डुबेर दाङमा १ जनाको ज्यान गयो



दाङ ।

माछा पोखरीमा डुबेर दाङको तुलसीपुरमा आज शुक्रवार एक जनाको ज्यान गएको छ ।

आज बिहान माछा पोखरीमा डुबेर तुलसीपुर उपमहानगरपालिका १७ का ३५ वर्षीय कमल चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार आफ्नै खेतमा रहेको माछा पोखरीमा डुबेर चौधरीको ज्यान गएको हो ।

साथै चौधरीलाई छारे रोगसमेत रहेको अनुमान गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९ शुक्रबार ००:००  २ : ४४ बजे