८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं ।

निर्वाचन आयोगले ताप्लेजुङमा प्रतिनिधिसभा उम्मेदवार रहेका एमाले नेता योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ । यस्तै कञ्चनपुर १ मा उम्मेदवार रहेकी बिना मगरलाई पनि आयोगले स्पष्टीकरण गरेको छ ।

आयोगका अनुसार भट्टराई र बिनालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।

दुबै उम्मेदवारलाई सोधिएको स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिम कारवाही किन हुनु नपर्ने हो रु यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ ।”

प्रकाशित मिति : १७ कार्तिक २०७९ बिहिबार ००:००  ९ : १० बजे