१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

राप्ती नदीमा डुबेर २ जनाको मृत्यु



दाङ ।

बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो।

उनीहरू शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए। उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको बताए।

शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  १ : ०१ बजे