६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बुटवलमा बसको ठक्करबाट १५ महिने बालकको मृत्यु



बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेका छन्।

गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। लु १ क १५७९ नम्बरको बसले आज बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो। बससहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ३ : २९ बजे