२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आईसीसी विश्वकप : नेपालले आज स्कटल्याण्डसँग खेल्दै



काठमाण्डौ ।

आईसीसी विश्वकप लिग टू को सिरिज अन्तर्गत आज नेपालले नामेवियामा स्कटल्याण्डसँग खेल्दै छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा एक अंक लिएको नेपालले त्यसपछि लगातार २ खेलमा पराजय भोगेको छ। आजको खेलमा जित निकाल्दै नामेविया भ्रमण सम्पन्न गर्ने लक्ष्यमा नेपाल रहेको छ। तर नेपाल भन्दा बलियो स्कटल्याण्डसँग जित निकाल्न सहज भने छैन।

नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौन २ बजेदेखि सुरुहुने छ।

त्रिकोणात्मक सिरिजमा सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गरेका थिए।

एक दिवसीय मान्यता जोगाउन पनि महत्वपूर्ण रहेको आईसीसी लिग टू को प्रदर्शन नेपालको खस्कदै गएको छ। जसका कारण नेपालको एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ। नेपाल र स्कटल्याण्ड यसअघि ३ पटक भिड्दा १ पटक मात्रै नेपालले जित निकालेको छ।

नेपाल अहिले ७ टिममध्य अंक तालिकामा छैटौं स्थानमा रहेको छ। ३६ खेल खेल्नु पर्नेमा नेपालले अहिलेसम्म २३ खेल खेलेको छ। जसमा नेपालको १८ अंक रहेको छ। उता स्कटल्याण्ड भने ३१ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। समान ४४ अंक रहेको ओमान रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७९ बिहिबार ००:००  ७ : ३८ बजे