२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गयो



काठमाण्डौ ।

काठमाण्डौको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

हिजो बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

घाइते सुनारको उपचारका क्रममा काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा हिजो बेलुकी ज्यान गएको हो। 

प्रकाशित मिति : ९ पुस २०७९ शनिबार ००:००  ९ : ०४ बजे