१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पाल्पामा १४ वर्षीया बालिका बलात्कृत



पाल्पा ।

पाल्पामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । तिनाउ गाउँपालिका(१ ठुलीउदाङ बस्ने २१ वर्षीय हिमाल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हिमालले ती किशोरीलाई असार ३ गते जबरजस्ती करणी गरेको र ती किशोरी गर्भवती समेत भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  १२ : ३१ बजे