७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बुद्धभूमि-१ मा आफ्नै छोराले गरे बुवाको हत्या



मायादेवी अनलाइन, बाणगंगा ।
सामान्य विवाद पछि बुद्धभूमि नगरपालिका–१ बाबाकुटीमा स्थानीय एक युवाले आफ्नै बुवाको हत्या गरेका छन्।

विवाद पछि आक्रोशित २३ वर्षीय जिवन केसीले शनिवार राति ५५ वर्षीय आफ्नै बुवाको चिर्पट प्रहार गरी हत्या गरेका हुन्।

ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बुबासँग सामान्य विवाद पछि आक्रोशित बनेका जिवनले चिर्पटले प्रहार गरे पछि नारायण केसीको घटनास्थलमै मृत्यु भएको बताए।

घरमा झैँ-झगडा भइरहने कारणले बुवा र छोरा दुबैका श्रीमतीहरूले घर छाडेर गई सकेको स्थानीय बताउँछन्। घटना अघि पनि बुवा र छोरा बिच दिनहुँ जसो झगडा हुने गर्दथ्यो। घटनाबारे थाहा पाए पछि घटनास्थल पुगेर प्रहरीले जीवनलाई पक्राउ गरेको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।

प्रकाशित मिति : १२ चैत्र २०७९ आइतबार ००:००  ९ : १० बजे