२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

बजेट क्यालेन्डर संशोधन गर्ने योजना आयोगको प्रस्ताव



काठमाडौँ ।
आगामी आवदेखि लागू हुने गरी बजेट कार्यतालिका संशोधन गर्ने घोषणा योजना आयोगले गरेको छ।

आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वतयारी हालको भन्दा केही समयअगाडि सारिने भएको हो।

जसअनुसार फागुनसम्ममा बजेटको राय सुझाव लिइसक्नुपर्नेछ। त्यसैगरी नीति तथा कार्यक्रम समेत हालको भन्दा एक हप्ता अगाडि सार्वजनिक गर्नुपर्नेछ।

यसबाहेक बजेट लेखनको काम पनि बजेट प्रस्तुत हुनुभन्दा एक महिना अगाडि नै गरिसक्नुपर्नेछ।

त्यसबारे योजना आयोगका सदस्य रामकुमार फुँयालको नेतृत्वमा प्रतिवेदन नै तयार भएको छ।

बजेटको तयारीको लागि आयोगले सबै मन्त्रालयहरुलाई पत्र समेत लेखिसकेको छ।

प्रकाशित मिति : ५ पुस २०८० बिहिबार ००:००  २ : ५८ बजे