७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूची सहित



काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि बैठक बस्नेछ।

आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी दोस्रो संसोधन विधेयक  २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित प्रतिपक्षी दलहरूले बालकुमारी घटना र अन्य विविध विषयमा सरकारको जवाफ माग गर्दै आएका छन्।

अघिल्लो बैठकमा सभामुख देवराज घिमिरेले सरकारलाई आज फागुन २१ को बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन उपस्थित हुन रूलिङ गरेका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०८० सोमबार ००:००  ८ : १२ बजे