२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

आइतबार देशभर वर्षा हुने



काठमाडौं ।
भोलि आइतबार देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। शनिबार (आज) पनि लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशलगायत स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

शनिबारको तुलनामा आइतबार वर्षाको सम्भावना बढी छ। आइतबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो हुनेछ सोमबारसम्मको मौसम

२०८१ बैशाख २९ गते (शनिबार)
रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ बैशाख ३० गते (आइतवार)
दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८१ शनिबार ००:००  ९ : १० बजे