७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मनसुन भित्रिन केही दिन लाग्ने



काठमाडौं ।
काठमाडौं उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना छ। यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियस बिचमा रहने पूर्वानुमान छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१ बुधबार ००:००  ११ : २६ बजे