२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु



एजेन्सी ।

अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ।

आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ। हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ।

सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो। आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौं मानिस हराइरहेका छन् भने करिब आठ लाख घर अझै पनि विद्युतविहीन छन्।

उद्धारकर्ताले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८१ शनिबार ००:००  ७ : ३७ बजे