६ असार २०८३, शनिबार | Sun Jun 21 2026

सामूहिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै महिला



दाङ ।

तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन ।

शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताउनुभयो । विसं २०६५ मा कृषि विकास कार्यालयले महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेती सम्बन्धी तालीम पाएलगत्तै गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष पाँच हजारको लगानीमा सो खेती शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस बेलामा वर्षमा रु ३० देखि रु ४० हजार सङ्कलन गरिएकामा विस्तारै व्यवसाय बढाउँदै प्रतिव्यक्ति रु एक लाखसम्म जम्मा हुन थालेपछि संस्थाका लागि जग्गा किन्नाका साथै अहिले उनीहरूले वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन । (रासस)

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  २ : ४२ बजे