२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

हरियाणामा भाजपाको ह्याट्रिक



एजेन्सी ।

भारतको हरियाणमामा भारतीय जनता पार्टी भाजपालले तेस्रो पटक सरकार बनाउने भएको छ।

हरियाणमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसलाई हरियाणामा झट्का लागेको छ। ९० सिट रहेको हरियाणामा भाजपाले एकल बहुमत ल्याएको छ। अब भाजपाले हरियाणामा लगातार तेस्रोपटक सरकार बनाउने भएको हो।

भाजपाले ४८ सिटमा जित हात पार्दा कांग्रेस आई भने ३७ सिटमा सीमित भएको छ। हरियाणामा योपटक कांग्रेस आईले जित्ने प्रक्षेपणहरू गरिएका थिए। तर, चुनावी नतिजा आफ्नो पक्षमा नआएपछि कांग्रेस आईमा अन्तर्घात गर्नेहरूमाथि कारबाही हुनुपर्ने आवाज उठेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८१ बुधबार ००:००  ७ : १२ बजे