६ असार २०८३, शनिबार | Sat Jun 20 2026

क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ : विप्लव



दाङ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरुले हातेमालो गर्न आवश्यक रहेको बताएका छन् ।

दाङको देउखुरीमा आज आयोजित अखिल नेपाल शिक्षक सङ्गठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन नजिकिँदै गएकाले प्रगतिशील शक्तिहरूबीच हातेमालो जरुरी रहेको बताए ।

जनपक्षीय र प्रगतिशील आन्दोलनमा शिक्षकको भूमिका विशिष्ट रहेको बताउँदै महासचिव विप्लवले जनवादी आन्दोलनमा शिक्षकले खेलेको भूमिकाको उच्च रहेको उल्लेख गरे। शिक्षकले नै वास्तविक समाजको धरातल बुझ्ने भन्दै उनले देशभर शिक्षकले विद्यार्थीमार्फत समाजवादी अभियानको बहस चलाउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१ बिहिबार ००:००  ३ : १४ बजे