२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो



अर्घाखाँची ।

सन्धिखर्क नगरपालिका –११ डिभर्नामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका–११ को ढुङ्गे देउरालीमा हिजो एच.आर. ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा मालारानी गाउँपालिका–७ टिमुरेका २६ वर्षीय चालक नवीन नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

भारतको दिल्लीमा गाडी चलाउने काम गर्ने नवीन तिहार मनाउन घरमा आएका प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१ सोमबार ००:००  ८ : ३५ बजे