२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मटेरीयामा कृषि औजार मेसेनरी सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ५ मटेरियमा कृषि औजार मेसेनरी सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु भएको छ । आइतबारबाट सुरु भएको तालिममा २० जना कृषकको सहभागिता रहेको छ ।


तालिममा प्रविधिविज्ञ अशोक चौधरी, मिस्त्री मोहन प्रसाद चौधरी, जनक चौधरीले धान काट्ने मेसिन रिपर, प्राणटिलर, कल्टीमेटर, रोजाभेटर, थ्रेसर लगाएतका मेसेनरी सामग्रीको संचालन तथा मर्मत बारे जानकारी गराउने पयिरयोजनाका प्रमुख मुकुन्द भुषालले जानकारी दिनुभयो ।


परियोजना सुपर जोनका प्रमुख मुकुन्द भुषालको प्रमुख आतिथ्यतामा भएको तालिमको सहजीकरण परियोजना सुपर जोनका कृषि अधिकृत लेस बहादुर केसी र प्राविधिक सहायक देवीराम बेल्वासेले गर्नुभएकोे थियो । कार्यक्रम लोकप्रिय सहकारीका अध्यक्ष तथा सुपर जोनका संस्थापक सदस्य ईन्द्रेस प्रसाद चौधरीको अध्यक्षतामा भएको हो । तालिम २६ गते सम्म सञ्चालन हुने बताईएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : २३ बजे