१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

शहीदको सम्झनामा जानकी मन्दिरमा लाखबत्ती बाल्दै मधेश सरकार



काठमाडौं ।

बलिदानी दिवस पारेर मधेश प्रदेश सरकारले शनिबार जानकी मन्दिरमा एक लाख दीप प्रज्ज्वलन गर्दैछ।

मधेश आन्दोलनका क्रममा शहीद भएकाको स्मरणमा शनिबार साँझ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए।

प्रदेश सरकारले शहीदका परिवारलाई अभिनन्दन कार्यक्रम गर्ने पनि राखेको छ। शहीदको सम्झनामा प्रदेश सरकारले शुक्रबार अन्तरसंवाद कार्यक्रम पनि गरेको थियो।

प्रकाशित मिति : ५ माघ २०८१ शनिबार ००:००  ८ : ४० बजे