७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कस्तो रहला आजको मौसम ?



काठमाडौं ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानपख तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१ बुधबार ००:००  ७ : २३ बजे