७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

आज पापमोचनी एकादशी



काठमाडौं ।

सनातन धर्मावलम्बी मंगलबार पापमोचनी एकादशी व्रत गर्दैछन्। मंगलबार एकादशी तिथि ४४ घडी ४७ पला अर्थात् राति ११ बजेर ५९ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ।

एकादशी तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। यो दिन भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ।

प्रकाशित मिति : ११ चैत्र २०८१ मंगलबार ००:००  ६ : २९ बजे