८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने सभामुख महराको जोड



 

दाङ ।

सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज आयोजना गरेको बडादशैँ, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस योजना ल्याउनुपर्छ ।”

दाङमा पानी सञ्चित गर्नका लागि माथिल्लो उत्तरी क्षेत्रको चुन ढुङ्गा निकासी रोकेर त्यस स्थानमा बाँसको बिरुवा रोपी हरियाली बनाउनुपर्ने सुझाव दिँदै उहाँले पानीको दीर्घकालीन समस्या समाधानका लागि बाँध निर्माण तथा ठूला नदीलाई फर्काउनुपर्छ भन्नुभयो ।

राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेशसभा सांसद उत्तरकुमार वली लगायतले पानी मानिसका लागि नभइ नहुने भएकाले गुणस्तरीय पानी वितरणका लागि सम्बद्ध उपभोक्ता समिति सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ८ : ३७ बजे