७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

वीरगन्जमा कर्फ्यु आदेश जारी



वीरगन्ज ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु जारी गरेको छ। हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६स्३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार विहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

उनका अनुसार पूर्वमा वीरगन्ज(१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज(२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज(१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज(१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको हो।

प्रकाशित मिति : २९ चैत्र २०८१ शनिबार ००:००  ७ : ३४ बजे