७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेपालले आज ओमानसँग खेल्दै



काठमाडौं ।

आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ।

जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ।

त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा सोही समय हुनेछ।

अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने तालिका रहेको छ। त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन्। त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्नेछन्।

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू९१९ विश्वकपमा छनोट हुनेछ। यो एकदिवसीय फर्म्याटको विश्वकप हो।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।

प्रकाशित मिति : १ बैशाख २०८२ सोमबार ००:००  ८ : २८ बजे