काठमाण्डौ ।
मकवानपुरको हेटौँडामा जमिन भासिँदा हराएको जीप अझै भेटिएको छैन । तीन दिन खोज्दा पनि नभेटिएपछि हेटौँडा उपमहानगरपालिकाले आज बैठक गरेर अब भूगर्भविद्को सहयोग लिने निर्णय गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ गैरीगाउँमा अस्ति शुक्रवार दिउँसो १ बजेतिर सडक भासिँदा रोकिराखेको अवस्थामा ना ४ ख ४८३३ नम्बरको जीप जमिनमुनि पसेको थियो । आज दिउँसोसम्म खोजी गर्दा पनि जीप नभेटिएपछि खोजी कार्य स्थगित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जीप खोजी गर्नका लागि खन्दा थप क्षति हुने सम्भावना रहेकोले त्यो ठाउँलाई सुरक्षित राखेको प्रहरीको भनाइ छ । उपमहानगरपालिकाले भूगर्भ विभागलाई यसबारे पत्र पठाइसकेको जनाएको छ ।







प्रतिक्रिया