कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–२ मा अर्घाखाँची पाणिनी समाज गठन गरिएको छ। खुमानन्द घिमिरेको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्रप्रसाद पोखरेल, उपाध्यक्षमा सुमित्रा घिमिरे, सचिवमा गोविन्द घिमिरे, सहसचिवमा खुमकला घिमिरे र कोषाध्यक्षमा मेघनाथ अधिकारी चयन हुनुभएको छ। समितिमा अन्य सदस्यसमेत रहेका छन्।
निर्वाचन समिति संयोजक नन्दराम पौडेलले नयाँ कार्यसमिति गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार समाजले वाणगंगा क्षेत्रमा बसोबास गर्दै आएका अर्घाखाँचीवासीबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य लिएको छ।
समितिले आगामी दिनमा समाजलाई थप व्यवस्थित र सक्रिय बनाउँदै सामाजिक हितका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, अर्घाखाँचीको कला, संस्कृति र सामाजिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्याउने जनाएको छ। कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्यमन्त्री रामजी घिमिरेले पाणिनी र बाणगंगालाई जन्मथलो र कर्मथलो बनाएर एक आपसमा भावनात्मक एकता र सहकार्य मार्फत समाजमा रचनात्मक सहयोग गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया