१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

धनुषामा बिहेको खाजा खाँदा ४४ जना विरामी



काठमाडौँ ।

धनुषाको मिथिला विहारी नगरपालिका ८ का नरेश महराको घरमा बिहेको खाजा खाँदा ४४ जना विरामी भएका छन्।

उनको छोरीको बिहेमा खाजा खाने क्रममा जन्तीसहित उनीहरू विरामी भएका धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले थाहाखबरलाई जानकारी दिए।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। खाजामा बुनियाँ, रसबरीलगायतका मिठाइ राखिएको थियो। घटना भने आइतवार साँझको हो। खाजा खाएपछि उनीहरूमा पेट दुख्ने, बान्ता आउने भएको थियो।

प्रकाशित मिति : २९ बैशाख २०८२ सोमबार ००:००  ८ : ०० बजे