८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

प्रदेशको बेरुजु ३४ अर्ब नाघ्यो



काठमाडौँ ।

प्रदेश सरकार मातहत सरकारी कार्यालय, अन्य संस्था र समितितर्फको अद्यावधिक बेरुजु ३४ अर्ब नाघेको छ। महालेखापरीक्षकको कार्यालयको ६२ औँँ प्रतिवेदनले प्रदेश सरकार मातहतका निकायलको अद्यावधिक बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख ५१ हजार कायम भएको उल्लेख छ। जसमध्ये नौ अर्ब ९५ करोड ४१ लाख २९ हजार पेस्की रहेको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु ३१ अर्ब ५० करोड ९५ लाख २० हजार रहेको थियो। जसमध्ये सम्परीक्षणबाट दुई अर्ब ४६ करोड १८ लाख ५० हजार फस्र्यौट भएको थियो।  

बाँकी २९ अर्ब ११ करोड ५९ लाख ५४ हजार रहेकामा त्यसमा यसवर्ष ५ अर्ब २ करोड १९ लाख ९७ हजार थप भएको मलेपको प्रतिवेदनमा उल्लेख छ।  

यसवर्ष थपिएको प्रदेशअनुसार बेरुजु  

प्रदेशअनुसार अद्यावधिक बेरुजु

प्रकाशित मिति : ३१ बैशाख २०८२ बुधबार ००:००  ७ : ३८ बजे