८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

रास्वपाले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा



काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।

‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ रास्वपाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठकपछि पार्टी कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।

प्रकाशित मिति : १० जेष्ठ २०८२ शनिबार ००:००  ९ : १२ बजे