१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार चल्दै



काठमाडौँ ।
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ।

आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको छ।

उनको अहिले आइसीयूमा राखेर उपचार भइरहेको अन्नपूर्ण न्यूरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले जानकारी दिए।

रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो।

आलम बुधवार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए।

प्रकाशित मिति : १६ जेष्ठ २०८२ शुक्रबार ००:००  ८ : १० बजे