७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

फाइनल प्रवेशका लागि आज मुम्बई र पञ्जाब भिड्दै



काठमाडौं ।
आईपीएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अमदाबदमा हुनेछ।

शुक्रबार चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित गरेको थियो। पञ्जाब भने पहिलो क्वालिफायर्समा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएर दोस्रो क्वालिफायर्स खेल्न लागेको हो। यी दुई टोलीबीच आईपीएलमा ३२ भिडन्त हुँदा १७ खेल मुम्बईले जितेको छ भने १५ खेलमा पञ्जाब विजयी भएको छ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई र श्रेयस ऐय्यरको कप्तानीमा रहेको पञ्जाबका लागि मुम्बई भारी पर्न सक्ने आँकलन गरिएको छ। पछिल्लो भेटमा भने पञ्जाबले मुम्बईलाई हराएको छ।

आजको विजेताले मंगलबार राति बैंगलुरुसँग उपाधिका लागि खेल्नेछ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२ आइतबार ००:००  ८ : ३७ बजे