१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्घाखाँचीमा सडकमै चालकको आँखा जाँच



अर्घाखाँची ।
गाडी दुर्घटना कम गर्न अर्घाखाँचीमा सडकमै चालकको आँखा जाँच कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सडकमै गाडी चालकको निःशुल्क गरिएको हो ।

गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत लाहुरे बजारमा गाडी चालकको आँखा र रक्तचापको समस्या रहे, नरहेको पत्ता लगाउन निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वयमा भएको शिविरमा झन्डै एक सय जना चालकको आँखा परिक्षण तथा स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ । यस्तै ट्राफिक सचेतना मुलक बोर्डहरु पनि राखिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२ बिहिबार ००:००  १२ : २९ बजे