७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर



काठमाडौँ ।
असार ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिए।

साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।

साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनका लागि आगामी असार ५, ६ र ७ गते तोकिएको सभामुख घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : २ असार २०८२ सोमबार ००:००  ८ : ४५ बजे