२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नवलपरासीको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो



काठमाण्डौ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

गएराति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ३५ वर्षीया शोभा सिग्देलको उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भीरबाट लडेर ज्यान गएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट–२ मुरापाखा डाँडाबाट लडेर बाँफिकोट–१ का ३० वर्षीय अजय मल्लको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०८२ शुक्रबार ००:००  १ : ०१ बजे