१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

परियोजनाले सिपसंगै ब्यवसायमा जोड्दै



दिपा महत, तौलिहवा ।

कपिलवस्तुको शुद्धोधन गाँउपालिका २ मेहनीयका दुर्गा बहादुर पासी केहि समय पहिले मजदुरी गरेर जिविको चलाउने गर्दथे । ११ जनाको परिवार रहेको पासीलाई घरपरिवारका सदस्यलाई खाध्यनन संगै बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा पनि समस्या परेको थियो । दैनिक मजदुरी गरेर परिवार धानेका पासी पहिलेबाट साईकल तथा मोटरसाईकल मर्मतगर्ने काममा रुची राख्दथे आर्थिक अभावकै कारण तालिम लिन नसकेका पासीलाई भुमिहिन किसानका लागि उनिहरुको आयआर्जन गर्न सीप विकास तालिम अन्तरगत मोटरसाईकल मर्मत सम्बन्धी ६० दिने तालिम दिइयो ।

डब्लुडब्लुएचको आर्थिक सहयोग तथा कालिका स्वालम्बन सामाजिक संस्था र फर्वाड नेपालको परियोजना एनपिएल १०८३–२२ अन्र्तगत पासीलाई सिपबिकास तालिम दिइएको हो । परियोजनाले पासी संगै भूमिहिन ५ सय जनालाई सिपसंग जोड्दै ब्यवसायी बनाउन तालिम दिने योजना बनाएको छ जसमा अहिलेसम्म २ सय ४० जनालाई विभिन्न सिपयुक्त तालिम दिइसकेको छ । तालिम लिएका मध्ये धेरैजनाले ब्यवसाय संचालन गरेको सुधारिएको खाद्य प्रणाली परियोजनाको नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले बताउनुभयो ।
तालिम संगै परियोजनाले विभिन्न सामग्री पनि उपलब्ध गराएको छ जसले आफुजस्ता विपन्न परिवारलाई धेरै सहज भएको पासीले बताउनुभयो । ‘ परियोजनाले दिएको तालिमबाट धेरै सहजभयो पहिले आर्थिक समस्या धेरै थियो अहिले मासिक २० देखि २५ हजारसम्म आम्दानी हुने गरेको छ यसले परिवार धान्न पनि सहज भएको छ पासीले भन्नुभयो । ’
बिहिबार परियोजनाबाट संचालित विभिन्न तालिम तथा तालिम पश्चात ब्यवसाय संचालन गरेकाहरुको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको संयोजकत्वमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा शुद्धोधन किशोरकिशोरी तथा युवा संजालका अध्यक्ष राम प्रसाद चमारले संजालले समुदायमा सचेतना जगाउने काम गरेको बताउनुभएको थियो ।

यसैगरी परियोजनाले शुद्दोधन, मायादेवी र यशोधारा गाँउपालिकाका करिव २० जना भूमिहिन नेटुवा समुदायका युवालाई स्थानीय ब्याण्डबाजा बजाउने तालिम दिएको छ । तालिम पश्चात उनिहरुलाई बाजासेट दिइने लम्सालले बताउनुभयो ।

परियोजनाले मायादेवी गाँउपालिकामा ४० जना किशोरीलाई ब्यूटीपार्लर तथा सिलाई कटाई सम्बन्धी तालिम दिएको छ ।

तालिममा सहभागि किशोरीले अब आफुहरुले तालिम पश्चात सिकेको सिपलाई सदुपयोग गरी पार्लर तथा सिलाईकटाई संचालन गर्ने बताएका छन् । तालिम लिएका युवतीलाई एक–एक सेट मेसिन तथा पार्लरका सामग्री पनि उपलब्ध गराइने अधिकृत लम्सालले बताउनुभयो । यसैगरी युवालाई लाईट ड्राइभिङ लाईसेन्सको लागि ड्राइभिङ सिकाइएको छ छ ।

परियोजनाले समुदायमा धेरै राम्रा काम गरेको भन्दै यसलाई निरन्तरता दिन जिल्ला समन्वय समिती कपिलवस्तुका संयोजक बाबुराम आचार्यले आग्रह गर्नुभयो । उहाले सिपसिक्नु मात्र ठुलो नभएको भन्दै सिप पश्चात ब्यवसायमा जोडन सके यस्ता तालिम तथा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रम संचालन गर्दा त्यसको दिगोपना र प्रभावकारितालाई ध्यान दिनुपर्ने बताउनुभयो । अनुगमनमा जिसस प्रमुख आचार्य, जिसस अधिकारी जर्नादन अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाल, कालिका स्वालम्बन सामाजिक संस्थाका अध्यक्ष मन्दीप सिंह, कोषाध्यक्ष प्रविण कुमार श्रीवास्तव, भेटेनरी अस्पताल कपिलवस्तुका प्रमुख डाक्टर पखेज आलम लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२ बिहिबार ००:००  ९ : २६ बजे