गुल्मी ।
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईकी ३० वर्षीया जुना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएराति तीन बजेतिर घरमा आगलागी भएको थियो । ज्यान गुमाएकी जुना आमा मनिदेवी विकसँग बस्दै आउनुभएको थियो । आगलागीको कारण खुलेको छैन ।







प्रतिक्रिया