कपिलवस्तु ।
कपिलवस्तु कारागारबाट फरार भएका मध्ये ६५ जना र एक जना नक्खु कारागारबाट भागेका कैदी बन्दी गरी ६६ जना पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभएको छ। कारागारको दुई ब्लक गरी ४५९ कैदीबन्दी रहेका थिए । जसमध्ये २९ जना कारागारमै नभागी बसेका थिए भने ४३० जना बुधबार बिहान भागेका थिए। भागेका मध्ये आठ जनालाई भारतीय सुरक्षाकर्मीले आफ्नै देशमा पक्राउ गरी जेल चलान गरेका थिए ।







प्रतिक्रिया