१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मृतक प्रहरीको संख्या ३ पुग्यो



काठमाडौं । जेनजीको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ ।

यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो । अहिले भने मृत प्रहरीको संख्या तीन पुगेको बताइएको छ ।

मृत हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् । एक असईसहित तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

अझै केही प्रहरी मिसिङ भएकाले यो संख्या बढ्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२ बुधबार ००:००  ६ : ४१ बजे