कपिलवस्तु ।
जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेको युवाहरुको सम्झनामा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा जेन-जी स्तम्भ निर्माण गरिने भएको छ ।
चन्द्रौटाको रेडियो समानताको अगाडी जेन-जीमा सहदत प्राप्त गर्दा भेटिएको जुत्तासहितको स्तम्भ निर्माण गरिने भएको हो ।
शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेको युवालाई जीवन्त राख्न स्तम्भ निर्माण गरिने बताए ।
‘जेन-जी ले चाहेमा जे पनि गर्न सक्छन, उनीहरुको आशा र भरोसको प्रतिक स्वरुप जेन-जी स्तम्भ निर्माण गर्न लागेका हौ ’ उनले भने । स्तम्भमा जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको नाम र ठेगाना समेत राखिने उनले बताए ।







प्रतिक्रिया