काठमाण्डौ ।
काठमाण्डौको कोटेश्वरमा रहेको भाटभटेनीमा जलेको अवस्थामा एउटा शव भेटिएको छ । जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि सरसफाइका क्रममा आज शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको शव भेटिएको हो । शव पूरै डढेको अवस्थामा रहेको र शव नजिकै भेटिएको मोबाइल सिमबाट रसाइलीको पहिचान भएको एसपी बोहोराले बताउनुभयो । उनको परिवारले हराइरहेको बारेमा जानकारी गराएका थिए ।
यसअघि चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा भेटिएका ६ वटा शवका अस्थिपञ्जरको भने पहिचान भएको छैन । आज भेटिएको शवसहित जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।







प्रतिक्रिया