८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भाकपा नेता यचुरी काठमाडौँमा



काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी आज काडमाण्डौं आइपुग्नुभएको छ ।
यचुरीलाई नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विष्णु रिजालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । यचुरीका साथमा भाकपाका केन्द्रीय कमिटी सदस्य जोगेन्द्र शर्मा पनि आउनुभएको छ ।
महासचिव यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल लगायत सँग भेटवार्ता तथा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  १० : ५४ बजे