बुटबल ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली युवा नेता चन्द्र भण्डारीले अर्को जुनीमा नेपालका नेताहरुसँग भेट्न नपरोस् भनेर प्रार्थना गरेका छन् । आफ्नै पार्टीको नेतृत्व तहसँग रिस पोखेका नेता भण्डारीले नेतृत्व तह नै गतिलो नभएका कारण पाटी अहिलेको अबस्थामा पुुगेको भन्दै आसेपासे र चम्चाहरुले पार्टी शिथिल पारेको आरोप समेत लगाए ।
रुपन्देहीको बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा नेता भण्डारीले भने “अर्को जुनीमा नेपालका यस्ता नेतासंग भेट नहोस् भनेर दशैंमा सिमान्तकृत बस्तीमा पुुगेर प्रार्थना गर्दै टीका लगाएँ” ।
परिवार केन्द्रित र देश लुुट्नेको पक्षमा अबको राजनीति जान नहुने बताएका भण्डारीले अहिलेको अवस्था ल्याउन हज्जारौंले दिएको बलिदानको दलहरुले अबमुल्यन गरेको आरोप समेत लगाए ।
नेपाली कांग्रेसलाई गुट उपगुटले नै थला पारेको भन्दै नेता भण्डारीले भने “कांग्रेसमा नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अवस्थामा पुुगेको हो, आसेपासे र चम्चाहरुका कारण पार्टी थप कमजोर बनेको छ” ।






प्रतिक्रिया