मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले आज निशुल्क छाला रोगको स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिकाको वडा नं. ३ भक्तौलीमा रहेको गौरी भवानी माविमा स्वास्थ्य शाखाले निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको हो ।
छाला रोग समन्धि सबै विरामीले उपचार सेवा लिन स्वास्थ्य शाखाका कार्यक्रम संयोजक कमल ज्ञवालीले सबैमा आग्रह गर्नुभएको छ ।
छाला रोग सम्बन्धि विशेषज्ञबाट हुने स्वास्थ्य परिक्षणमा निशुल्क रुपमा औषधि पनि उपलब्ध गराइने ज्ञवालीले बताउनुभयो । शिविर विहान १० बजे देखि शुरु हुने छ ।
१० कार्तिक २०७५ शनिबार ००:००
0
Shares






प्रतिक्रिया