मायादेवी अनलाइन, कपिलवस्तु ।
शनविार दिउँसो आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ४ मुरमुटवामा धान काट्ने तयारी अवस्थामा रहेको १० कठ्ठामा लगाईएको धान पुर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानीय कलावती लोधले परालमा आगो लगाए पछि धान खेतमा आगो फैलिएको थियो ।
स्थानीय हदिस मुलमान, निर्मला यादव र दिल बहादुर बिकको धान खेतमा लागको आगोले ३७ हजार ५ सय मुल्य बराबरको धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयका प्रयास पछि आधा घन्टा पछि आगलागी नियन्त्रणमा लिईएको थियो । घटनाको अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताउनुभयो ।






प्रतिक्रिया