मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । महाराजगंज नगरपालिका १ पाल्टा बस्ने ३० वर्षिय घण्टी भनिने प्रकास ढाडीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट ७ वर्ष कैद फैसला भई कैद भुक्तान गरिरहेका ढाडी भदौ २३-२४ को जेन्जी आन्दोलनकाक्रममा कारगारबाट फरार भएका थिए । ढाडीलाई इलाका प्रहरी कार्यालय महाराजगंजको टोलीले आफ्नै घरबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
२५ पुस २०८२ शुक्रबार ००:००
644
Shares







प्रतिक्रिया