१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आर्दश माविलाई



कपिलवस्तु ।
शिवराज नगरपालिकामा संपन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जितको छ । नेपाल आदर्श माविले २५ स्वर्ण, १७ रजत र ३ कास्य पदक सहित जम्मा ४५ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो ।

यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाले १३ स्वर्ण, ८ रजत र १० कास्य पदक सहित कुल ३१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै प्रकाश माध्यमिक विद्यालय, सुन्दरीडाँडाले ५ स्वर्ण, ८ रजत र ६ कास्य सहित १९ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।

बिजेताहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री अर्जुन कुमार के.सी. मेयर अजय थापाले पुरस्कार र प्रमाण पत्र बितरण गरेका थिए । पुर्व मन्त्री केसीले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाले अनुशासन, मेहनत र टिमवर्कले मात्रै सफलता सम्भव हुने बताउनुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालयस्तरका खेलकुद कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेल संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले ५० वटा विभिन्न इभेन्टमा विद्यार्थी खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएको बताउनुभयो ।

प्रकाशित मिति : २५ पुस २०८२ शुक्रबार ००:००  ७ : १८ बजे