काठमाण्डौ ।
थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो पुरुष तथा महिला खेलाडी टोलीको बिदाइ गरेको हो ।
नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । साफ फुटसल च्याम्पियनसिप यही जनवरी १३ देखि २६ तारिखसम्म थाइल्यान्डमा हुँदैछ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो ।
यो च्याम्पियनसिपमा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलंका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् । खेल सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । लिग चरणको खेलपछि धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।







प्रतिक्रिया