कपिलबस्तु ।
शिवपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले “स्वच्छ खानेपानी र सरसफाइ नागरिकको आधारभूत अधिकार हो, यसको दीगो व्यवस्थापनमा उपभोक्ता समितिहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ” भन्दै समितिको कामप्रति प्रशंसा व्यक्त गरेका छन् ।
कार्यक्रम संस्थाका अध्यक्ष ढुण्डीराज अधिकारीको अध्यक्षता तथा सचिव गणेश केसीको सञ्चालनमा सम्पन्न भएको हो। साधारण सभामा बोल्दै अध्यक्ष अधिकारीले “समितिले पारदर्शिता, सहभागिता र दिगोपनालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको छ, आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता रहेको बताए ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी योजना तथा कार्यक्रमबारे छलफल गरिएको थियो। कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







प्रतिक्रिया